Madhes Khabar
समाचार

नेपालबाट चरेस लिएर रक्साैल जाँदै गरेका भारतीय नागरिक वीरगन्ज नाकाबाट पक्राउ

वीरगन्ज,२७चैत:वीरगन्जमा प्रहरीले लागु ओैषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा भारत बिहारकाे जिल्ला माेतिहारी थााा सुगाैली ग्राम छपराका ४५ वर्षीय विकास साह कानु रहेका छन् ।

उनलाई प्रहरीले वीरगन्ज-१६ इनर्वा नाका स्थित शंकराचार्य गेटबाट २ केजी चरेससहित पक्राउ गरेकाे हाे।वीरगन्जबाट पैदल यात्रा रक्साैलतर्फ जाँदै गरेका कानुलाई प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनले जिउमा लगाएकाे कपडाभित्र लुकाएको चार प्यकेट चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक किशाेर लम्सालले बताए ।

प्रहरी हिरासतमा राखिएका उनिविरुद्ध लागु ओैषधसम्बन्धि कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप लिई अनुसन्धान भइरहेकाे लम्सालले जानकारी दिए।

Related posts

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेका धार्मिक अभियन्ता पुष्कर पक्राउ

MadhesKhabar

खानेपानी तथा सरसफाइको क्षेत्रमा अधिकतम लगानी गर्न विशेदी दातृ निकायसंग मन्त्री यादवको आग्रह

MadhesKhabar

खानेपानी मन्त्रालयले वीरगन्ज महानगरलाई दियो दुई थान पिकअप गाडी

MadhesKhabar

Leave a Comment