Madhes Khabar
समाचार

शीर्ष नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेका धार्मिक अभियन्ता पुष्कर पक्राउ

तस्बिर : खबरहब

काठमाडौं,१४साउनःआफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

काठमाडौंस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।खतिवडाले आफू पक्राउ परेको सूचना सुरुमा सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।

खतिवडाले केही दिनअगाडि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएका थिए । खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिषका रुपमा चिनाउने गरेका छन् । झापाका उनी काठमाडौंमा बस्ने गरेका छन् ।साभार : खबरहब

 

Related posts

बाराबाट तीन दिनमा २१ किलो अफिम बरामद, ५ जना पक्राउ

MadhesKhabar

तस्करी गरी ल्याइएको १६ लाख बराबरको कपडा वीरगन्जबाट बरामद

MadhesKhabar

अध्यक्ष क्षीरसागरको घर र कार्यालयमा आगजनी गर्नेहरुलाई कारबाही गर्न तेली समाजको माग

MadhesKhabar

Leave a Comment