Madhes Khabar
समाचार

अब सातामा दुई दिन सार्वजनिक बिदा

वीरगन्ज ,चैत्र २२: सरकारले अबदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार पेट्रोलियम आपूर्तिलाई सहज बनाउने उद्देश्यले शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो।

यो निर्णय यही सातादेखि नै कार्यान्वयनमा आउने जनाइएको छ ।निर्णयअनुसार अब सरकारी कार्यालयसँगै देशभरका शैक्षिक संस्थाहरू पनि हप्तामा दुई दिन बन्द रहनेछन्। यद्यपि, कामको प्रभावकारिता कायम राख्न कार्यालय समय भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।

सरकारले इन्धन खपत व्यवस्थापन, यातायात चाप न्यूनीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन यस्तो कदम चालेको बताएको छ। यो व्यवस्थाले नागरिकको दैनिक जीवनशैलीमा समेत केही परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Related posts

भूपू सैनिक संघ बाराकाे अध्यक्षमा पाण्डे सर्वसम्मत चयन

MadhesKhabar

कांग्रेसका पूर्वमहामन्त्री निधीको जिवनीमा आधारित पुस्तक ‘नेपाल का निधी’ वीरगन्जमा लोकार्पण

MadhesKhabar

जसपाबाट मेयरको उम्मेदवार राजेशमान पक्का,उपेन्द्र पनि वीरगन्ज आउदै

MadhesKhabar

Leave a Comment