Madhes Khabar
समाज

केपी ओलीको पक्षमा बोल्ने अमिशामाथि साइबर हिंसा गर्ने एक जना रौतहटबाट पक्राउ

रौतहट,२१चैतःनेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा ल्याउने तयारी गरिएको छ।

उक्त प्रकरण अमिशा पराजुलीले दिएको उजुरीसँग सम्बन्धित रहेको जनाइएको छ। पराजुलीले पूर्वप्रधानमन्त्री केपी ओलीको पक्षमा सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गरी साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यसैबीच, उक्त घटनासँग सम्बन्धित गतिविधिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन् भने विषयमा सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ ।साभारःनेपालप्रेस

Related posts

महिलालाई सम्मान गर्न सकिएन भने समृद्ध नेपालको सपना पूरा हुन सक्दैन : पूर्वराष्ट्रपति भण्डारी

MadhesKhabar

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

ठोरीमा ठुटे खोलाको बाढीको बितण्डा

MadhesKhabar

Leave a Comment