वीरगन्ज,११ चैत:वीरगन्जमा भाेलि (बिहीबार) निकालिने गहवामाईकाे डाेली यात्राकाे अवसरमा आज(बुधबार) रक्तदान कार्यक्रम आयाेजना गरिएको छ।गहवामाई मन्दिर प्रांगणमै आयाेजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्।
गहवामाईको तेस्रो डोली यात्राको अवसरमा आयोजित रक्तदान कार्यक्रममा महिला र पुरुष गरी ७५ जनाले रक्तदान गरेकाे रक्तसञ्चार केन्द्र वीरगन्जले जनाएको छ।
माईस्थान मन्दिर सञ्चालक समिति र राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएको समितका सचिव शिवजी साहले बताए ।
प्रत्येक वर्ष चैते महाअष्टमीका दिन माईस्थान गहवामाई मन्दिरको आयोजनामा गहवामाईको डोली यात्रा तथा शोभा यात्रा निस्कने गरेकोमा यस बर्ष पनि बिहीबार महाअष्टमीका दिन माताको डोलीयात्रा र रामनवमीका दिन महाआरती गर्ने कार्यक्रम रहेको जानकारी उनले दिए।

