प्रमोद यादव
पर्सा,८फाल्गुन:पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ का वडाध्यक्ष विपिन मुखियाले आफना वडाकाे बिपन्न एक परिवारलाई विवाह खर्चका लागि खाद्य सामग्री सहयोग गरेका छन् ।
वडा नम्बर ५ का रामचन्द्र माझी मुसहरको छोरीको विवाह खर्चको लागी उनको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले विवाह खर्चका लागि वडाध्यक्ष मुखियाले वडा कार्यालयमै बोलाएर खाद्य सामाग्री सहयोग गरेका हुन् ।
वडाध्यक्ष मुखियाले माझीलाई चिउरा ३० किलो,चामल ५० किलो,आलु ५० किलो,प्याज ३० किलो,खानेतेल १५ लिटर,नुन ५ किलो र दाल १५ किलोग्राम प्रदान गरेका हुन्।
माझीको घरकाे आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले जनप्रतिनिधीको नाताले सहयोग गर्नुपर्ने दायित्व सम्झेर आफुले सहयोग गरेको वडाध्यक्ष मुखियाले बताए ।

