Madhes Khabar
समाज

पर्साको सोनबर्षामा आयाोजित कार्यक्रममा चार महिलासहित १८ जनाले गरे रगतदान

प्रमोद यादव
पर्सा,२७फाल्गुनःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ सोनबर्षामा आइतबार आयोजित रक्तदान कार्यक्रममा चार महिलासहित १८ जनाले रगतदान गरेका छन् ।पटेर्वा सुगौली गाँउपालिकाको सहयोग र समन्वयमा सहज सेवा सीप विकास केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा कान्ति,चौधरी अनिल राउत थारु,सन्तोषी कुमारी राम,रमेश राउत बरई,रामसागर चौधरी,विक्रम दास,श्रीकान्त चौधरी,अफताब आलम गद्धी,सन्जित साह कानु,रामकुमार चौधरी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रक्त सञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव भएको अवस्थामा सेवा नै धर्म हो भन्ने मुल उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाकी कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले बताइन्।

पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ का वडाध्यक्ष फरमान मियाँ अन्सारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहज सेवा सीप विकास केन्द्रका कार्यक्रम संयोजक मुन तिवारी,वडा सदस्य हैदर अली अन्सारी,इलाका प्रहरी कार्यालय पेटर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केशरी,पत्रकार चिरञ्जीबी यादव लगायतकोपनि उपस्थिती थियो ।

Related posts

पर्साकाे सिसियाडीमा विपन्न परिवारका २५० जनालाई कम्बल वितरण

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment