Madhes Khabar
समाज

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

वीरगन्ज,२३चैत:वीरगन्जमा शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन्।वीरगन्जको गीता मन्दिर प्रांगणमा आयाेजित रक्तदान कार्यक्रममा ६ महिलासहित ६६ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा ज्ञानमाया रायमाझी,सार्दुल भट्टराई,सुभाष सिंह,नवराज भट्टराई,नन्दन जौमार,डोई राज थपलिया,अञ्जली हुरो,मनमोहन शर्मा,अंकित साह,अजय प्रजापति,श्रीकृष्ण साह,रञ्जु गिरी,उदय कुमार,विराट सिंह,विजय श्रीवास्तव,शेखर सिंह,सुशान्त अधिकारी,सुजित कुमार,गणेश साह लगायतका रहेका छन्।


शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानकी अध्यक्ष मुना खनालकाे अध्यक्षता तथा संविधान सभा सदस्य अनिल रुङ्गटाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय,प्रहरी निरीक्षक निरोज चौलागाईं,जिल्ला ट्राफिक पर्साका प्रमुख लोकराज भट्ट,वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृज किशोर पटेल,गीता मन्दीर सन्चालक समितिका अध्यक्ष मदन गुप्ता,डा.मनोज गुप्ता,डा.लक्ष्मी थापा लगायतकाकाे सहभागीता रहेकाे नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए।

Related posts

ग्लोबल विजनेश क्लेजकाे रक्तदान कार्यक्रममा १३१ जनाले गरे रगत दान

MadhesKhabar

सखुवा प्रसौनीको श्रीपुरमा ४४५ जनाको आँखा परीक्षण गर्दा १५८ जनामा मोतियाबिन्दु

MadhesKhabar

घडिअर्वामा युवा नेता गुप्ताले ट्यांकरबाट घरघरमा बाँडे पानी

MadhesKhabar

Leave a Comment