Madhes Khabar
समाज

१२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सांकेतिक फाेटाे

धनगढी,२७फाल्गुन:अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेकाे आराेपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ।

अछामकाे मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार साँझ प्रकाउ गरेकाे हो।

पक्राउ परेका माथि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।

शनिबार दिउँसो घरमा बुवाले छाेरीमाथि बलात्कार गरेकाे थाहा पाएपछि नाबालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसपछि बुवालाई नियन्त्रणमा लिइएको र म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।साभार:राताेपाटीबाट

Related posts

बाराबाट एकसाथ हराएका पाँच बालिका काठमाण्डौमा भेटिए

MadhesKhabar

वीरगन्जमा प्रदीप खण्डेलवाल ट्रष्टको वार्षिकोत्सवमा १०४ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा गोंड समाज उत्थान समितीको केन्द्रिय बैठक सम्पन्न :आदिवासी जनजातीमा सुचिकृत गर्न माग

MadhesKhabar

Leave a Comment