काठमाडौं,१७भदाैं:भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि केडिया परिवारले १ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालमा विभिन्न उद्योग सञ्चालन गरिरहेको केडिया परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार काेषमा १ कराेड रुपैयाँ जम्मा गरको हो ।
मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर केडिया परिवारका सदस्यले १ कराेड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकाे हाे । देशका विभिन्न क्षेत्रमा देखिएको विपद्जन्य परिस्थितिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको केडिया परिवारले जनाएको छ।
केडिया परिवारका सुशील वनस्पति प्रा. लि., इन्दु शंकर चिनी उद्योग लि., सीताराम गोकुल मिल्क्स प्रा. लि. लगायत उद्योग रहेका छन् ।

