Madhes Khabar
समाज

फेसबुक लगायतका सामाजिक सञ्जाल बन्दको विरोध गरेका ५ जना पक्राउ

काठमाडौं,२१भदौंःफेसबुक,ह्वाट्सअप लगायतका सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना युवाहरू पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि शनिबार दिउँसो प्रर्दशनमा उत्रिएका पाँच जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा उक्त संस्थाका महामन्त्रीसहित पाँच जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजन राज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।

उनीहरू मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक विरोधस्वरुप प्रदर्शनमा उत्रिएका थिए ।सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको उक्त संस्थाका सदस्यहरूले बताएका छन् ।संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

‘भविष्यमा यस प्रकारका शान्तिपूर्ण आन्दोलनलाई गैर–लोकतान्त्रिक शैलीमा रोक्ने प्रयास नगर्न सम्बद्ध सबै पक्षलाई सचेत गराउन चाहन्छौं,’ संस्थाले विज्ञप्तिमार्फत भनेको छ ।

Related posts

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना आदान प्रदान सम्पन्न

MadhesKhabar

बारामा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्युु

MadhesKhabar

वीरगन्ज : दाइजोमा सुनको सिक्री नपाएपछि विहे भाँडेका बेहुलासहित ६ जना पक्राउ

MadhesKhabar

Leave a Comment