वीरगन्ज,१६माघःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर २ लक्ष्मीपुरमा बुधबार जनमत पार्टीले आयोजना गरेको निःशुल्क शिविरमा १ सय ७६ जनाको आँखा जाँच गरिएको छ ।वीरगन्ज सामुदायिक ऑखा केन्द्रको प्राविधिक सहयोगमा लक्ष्मीपुरको विद्यालय परिसरमा आयोजित शिविरमा १ सय ७६ जनाको आँखा जाँच गरिएको हो ।
तीमध्ये ६३ जनामा मोतियाबिन्दुको समस्या देखिएको जनमत पार्टीका नेता बृजेश्वर चौधरीले जानकारी दिए । उनिहरुको बिहीबार वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यकृया गरिने केन्द्रका सञ्चालक महेशसिंह धामीले जानकारी दिए।
वडाध्यक्ष नेपाली प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको शिविरमा रामबाबु प्रसाद कुशवाहा,शेषनाथ सिंह, प्रधानाध्यापक धुरेन्द्र पटेल,जवाहरलाल ठाकुर,जमुना यादव,ललझरिया देवी,फुलकुवँरी देवी लगायतकाकोपनि उपस्थिति रहेको थियो।

