Madhes Khabar
समाज

दशैंमा वीरगन्जमा निशुल्क स्वास्थ्य शिविर आयाेजना गर्ने साेनार समाजकाे निर्णय

मधेसखबर
वीरगन्ज ,०९ असाेज :नेपाल सोनार समाज पर्साले दशैं, दिपावली र छठ पर्बमाे उपलक्ष्यमा वीरगन्जमा निशुल्क स्वास्थ्य शिविरका साथ विभिन्न कार्यक्रम गर्ने निर्णय गरेकाे छ ।

समाजकाे आइतबार बसेको बैठकले बडा दशै , दिपावली र छठ पर्बको उपलक्ष्यमा स्वास्थ्य शिविर आयाेजना गर्ने निर्णय गरेकाे हाे । यस्तै औषधि वितरणका साथै पर्बमा लाग्ने मेलामा भक्तजनहरुलाई नास्ता र पानी वितरण पनि गर्ने निर्णय गरिएकाे नेपाल सोनार समाज पर्साका संयोजक भुलन प्रसाद सोनारले जानकारी दिए।

स्वास्थ्य शिविरमा सहयोग गर्ने स्वजातीय डाक्टरहरुलाई नेपाल सोनार समाज पर्साको तर्फबाट प्रमाणपत्र समेत दिने निर्णय गरिएकाे उनले बताए।

नेपाल सोनार समाज पर्साका सदस्य समेत रहेका वीरगन्ज वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारको अध्यक्षतामा बसेको बैठकमा नेपाल सोनार समाज पर्साका संयोजक भुलन प्रसाद सोनार, सचिव प्रवेश सरार्फ केन्द्रिय सदस्य इन्जिनियर मुन्ना सरार्फ समाजसेवी तथा पोली शान्ति क्लिनिकका सञ्चालक प्रमोद सरार्फ व्यवसायी राजकुमार सरार्फ , लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सरार्फ बिजुलि व्यवसायी सन्तोष सरार्फ ,नेपाल सोनार समाज पर्सा जिल्ला समन्वय समितिका अध्यक्ष हृदयनारायण साह सोनार, समन्वय समितिका उपाध्यक्ष तथा राप्रपाका नगर अध्यक्ष समेत रहेका जलेशवर सरार्फ लगायतकाे सहभागिता रहेको थियो।

Related posts

वीरगन्जमा कम्प्युटरको तालिम लिइरहेका ३० जना दृष्टि विहिनहरुलाई खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

मिटरब्याजी पिडितहरु आन्दोलनको तयारीमा

MadhesKhabar

पोखरियामा क्यान्सर पिडित बिरामीलाई खाद्यान्न र कम्बल सहयोग

MadhesKhabar

Leave a Comment