Madhes Khabar
समाज

वीरगन्जको सबैठवामा विपन्न र दलितहरुलाइ कम्बल वितरण

मधेसखबर
वीरगन्ज,२४मंसिर : उपकार सेवा नेपाल नामक संस्थाले गरिब र विपन्नहरुलाई चिसोमा न्यानो कम्बल वितरण कार्यलाई निरन्तरता दिएको छ ।

शनिबार वीरगन्ज् महानगरपालिका वडा नम्बर २३ सबैठवामा उक्त संस्थाले गरिब, विपन्न र दलिततहरुलाई गरि ४५ थान कम्बल वितरण गरेको हो । सबैठावामा पुगेर संस्थाका पदाधिकारी र सामाजिक अभियन्ताहरुको टोलीले कम्बल वितरण गरेका हुन् ।

संस्थाका तर्फबाट सामाजिक अभियन्ता प्रकाश थारु र युवा नेता ओम प्रकाश सर्राफले विपन्न र दलितहरुलाई कम्बल वितरण गरेको हाम्रा सहकर्मीले जानकारी गराएका छन् । उपकार सेवा नेपालले यसअघि वीरगन्जकै विभिन्न वडाहरुमा पनि न्यानो कम्बल वितरण गरिसकेको छ ।

Related posts

मधेशमा कांग्रेस आगन्तुक होइन, कांग्रेस मधेशको अंग हो -काँग्रेस सभापती गगन थापा

MadhesKhabar

कलैयामा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले गरे रगत दान

MadhesKhabar

वीरगन्जमा बिमा प्राधिकरणको कार्यक्रममा ६६ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment