Madhes Khabar
समाज

कलैयामा आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले गरे रगत दान

वीरगन्ज,२२बैशाखःबाराको कलैयामा कलैया नगर एकता सहयोगी समुहको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रगत दान गरेका छन् ।

समुहको १० औं बार्षिकोत्सवको अवसरमा कलैयास्थित राजदेवी मन्दिरको प्राङ्गणमा आयोजित ररुक्तदान कार्यक्रममा ५ महिलासहित ५२ जनाले रगत दान गरेका हुन् ।रगत दान गर्नेहरुमा कविता चौधरी,प्रदीप यादव,मनिषा चौधरी, उमेश यादव,श्यामबाबु यादव, राजाबाबु यादव,विनोद साह कलवार, विनोद कुमार मण्डल लगायतका रहेको रक्तसञ्चार केन्द्र वीरगन्जका संयोजक धिरेन्द्र झाले जानकारी दिए ।

वीरगन्जको रक्त सञ्चार केन्द्रमा केहि समययता रगतको अभाव भएर बिरामीको उपचारमा समस्या परेको खबरहरु आएपछि बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको समुहका अध्यक्ष जोगिन्द्र कुशवाहाले बताए ।

रक्तदान कार्यक्रमको उद्घाटन नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले गरेका थिए । समुहका अध्यक्ष कुशवाहाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव,नेपाली कांग्रैसको बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह, नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेल,कलैया उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष राजेश्वर मेहता,कांग्रेस बाराका जिल्ला सदस्य रबिकरण साह,कांग्रेस नेतानाजिर अन्सारी लगायतकोपनि उपस्थिति थियो ।

Related posts

मेयर सिंहले उद्घाटन गरेको निःशुल्क शिविरबाट २०५ जना लाभान्वित

MadhesKhabar

शैक्षिक सहिद मुकुन्द खनाल स्मृति प्रतिष्ठानकाे कार्यक्रममा ६६ जनाद्वारा रक्तदान

MadhesKhabar

सामाजिक सञ्जालको दुरुपयोगले पर्सामा आत्महत्या गर्नेको संख्या बढ्दै

MadhesKhabar

Leave a Comment