Madhes Khabar
समाज

वीरगन्जमा बिमा प्राधिकरणको कार्यक्रममा ६६ जनाले गरे रक्तदान

वीरगन्ज,२९बैशाखः नेपाल बिमा प्राधिकरणको ५६ औँ वार्षिकोत्सव वीरगन्जमा विविध कार्यक्रम गरी मनाइएको छ ।प्रािधकरणले रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

सानीमा जिआईसी इन्सुरेन्स लिमिटेडका मधेस हेड शशि विचित्रको संयोजकत्वमा सम्पन्न कार्यक्रममा ७ जना महिलासहित ६६ जनाले रक्तदान गरेका छन् ।रक्तदान गर्नेहरुमा अजय कर्ण, अजय श्रेष्ठ, कुसुम मानन्धर, उश्मिता श्रेष्ठ, निखिल शर्मा पवन शर्मा लगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

त्यस्तै किरण आँखा अस्पतालको समन्वयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ७३ जनाले आँखा चेकजाँच गराएका छन् ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बिमा प्राधिकरण मधेस प्रदेशका प्रमुख कुसुम शर्मा, सहायक निर्देशक रोशन महासेठ, निर्मल शर्मा, इनर्जी इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक शैलेशराज रेग्मी लगायत विभिन्न बिमा कम्पनीका प्रमुख एंव प्रतिनीधिहरुकापनिे उपस्थिती रहेको थियो ।

Related posts

बारामा चार वर्षिया नाबालिकालाइ बलात्कार गर्ने पाख्रीन पक्राउ

MadhesKhabar

बाराको सरकारी विद्यालयमा एक दम्पतीले वैैवाहिक बर्षगाँठको अवसरमा बाँडे शैक्षिक सामाग्री

MadhesKhabar

बारामा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्युु

MadhesKhabar

Leave a Comment