Madhes Khabar
समाज

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्धारा निशुल्क आँखा शिविर र रक्तदान कार्यक्रम सम्पन्न

मधेसखबर
वीरगन्ज,२८माघ : ८७ औ त्रिमूर्ती शिवजयन्ति महोत्सवको अवसरमा शनिबार वीरगन्जमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको युवा प्रभागले रक्तदान कार्यक्रम र निशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा ७ महिला सहित ४० जनाले रगतदान गरेका छन् । रगतदान गर्नेहरुमा ब्रह्माकुमार जीतेन्द्र, अमित खत्रि , आनन्द साह, रवि सर्राफ, राकेश कुशवाहा, ज्योति कुशवाहा, गौरीदेवी, सुजाता चौधरी, आरुसी जसवाल लगायतका रहेका छन् ।

यस्तै किरण आँखा अस्पतालको सहकार्यमा आयोजित निःशुल्क आँखा परिक्षणमा ६१ जनाको आँखा परिक्षण गरिएको ब्रम्हाकुमार जितेन्द्रले जानकारी दिए ।

ब्रह्माकुमारी राज योग सेवा केन्द्र वीरगन्जकी क्षेत्रिय निर्देशक ब्रह्माकुमारी रविना दिदीको अध्यक्षता तथा रक्त सञ्चार केन्द्र वीरगन्जकी संयोजक मधु राणाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरण आँखा अस्पतालका सञ्चालक एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. अमर क्याल, सामुदायिक सेवा केन्द्र छपकैया २ का अध्यक्ष ग्यासुद्दिन ठकुराइ, ब्रह्माकुमारी बेली दिदी, रक्सौल प्रभारी ब्रह्माकुमारी ज्ञानु, युवा प्रभाग वीरगन्जका संयोजक ब्रह्माकुमार गोवर्धन, समाजसेवी ओमप्रकाश सर्राफ लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

छठ पूजाको उपलक्ष्यमा पर्साको मुड्लीमा ५० जनाले गरे रक्तदान

MadhesKhabar

पटेर्वासुगौली गाँउपालिकालाइ नमूना पालिका बनाउने अध्यक्ष चौधरीको उद्घोष

MadhesKhabar

जीतपुरकाे मगरटाेलमा मध्यरातमा भेटिइन् १ वर्षको अबोध बालिका, कसले छोड्यो ?

MadhesKhabar

Leave a Comment