Madhes Khabar
स्थानिय हेडलाइन

फेटा गाँउपालिकाका अध्यक्ष अन्सारीमाथि हातपात, सेनाले गर्यो उद्धार

बारा,८फागुनःबाराको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले शुक्रबार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले त्यहाँबाट उद्धार गरेको छ ।

अध्यक्ष अन्सारीको फेटा–३ स्थित बजारमा भएको घर घेराउ गर्दै उनीमाथि हातपात भएको थियो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उनलाई उद्धार गरेको हो ।

गाउँमा बिहीबारराति जन्ती आएका दुई समुदायका युवाहरुबीच कुटाकुट भएको थियो । त्यही विषयलाई लिएर झगडीया दुवै पक्ष अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगेका थिए । तर उनले आफूले केही गर्न नसक्ने बताएपछि छलफलकै क्रममा स्थानीयले हातपात गरेका थिए । त्यहाँबाट जोगिन आफ्नै घरमा पसेका उनको घर घेराउ गरिएको थियो ।

Related posts

बारामा माछा पालक किसान संघकाे राष्ट्रिय सम्मेलन सम्पन्न: केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन

MadhesKhabar

यस वर्ष गहुँबालीका लागि पर्सा, बारा र रौतहटको गण्डक नहरमा भारतले पानी नपठाउने

MadhesKhabar

राजनीतिक दल वा निर्वाचन प्रतिनिधिले सवारी साधनको प्रयोग गर्न निर्वाचन अधिकृतको अनुमति लिनुपर्ने

MadhesKhabar

Leave a Comment