Madhes Khabar
काेशी प्रदेश

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

सांकेतिक फोटो ।

झापा,२३माघ:झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ।

अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा ६४ वर्षिय खेम ढकालको मृत्यु भएको हाे।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिकाे आक्रमणमा परेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्‍याउने क्रममा बाटोमा मृत्यु भएको हो।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाकाे विष्णुपुर-१ का २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

Related posts

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

सांसदहरु चढेको कार दुर्घटनामा पर्‍यो

MadhesKhabar

झापामा आगलागी हुँदा जलेर चार बर्षिय बालकको मृत्यु

MadhesKhabar

Leave a Comment