Madhes Khabar
काेशी प्रदेश

सांसदहरु चढेको कार दुर्घटनामा पर्‍यो

विराटनगर,५जेठः मोरङमा कोशी प्रदेशसभाका चार जना सदस्य (कोशी प्रदेशका सांसद)चढेको कार दुर्घटनामा परेको छ। उक्त कार नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षकले चलाएको कारसँग ठोक्किएर सोमबार दिउँसो दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा दुईवटा कार एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार विराटनगरबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट विराटनगरतर्फ आउँदै गरेको बी एई १४०६ नम्बरको कार एकआपसमा ठोक्किएर दिउँसो २ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै जना सकुशल रहेको जोशीले बताए ।

बी एई १४०६ नम्बरको कारमा कोशीका सांसदहरु मैयाँ श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए । प्रहरीका अनुसार प्रदेशसभाको नीति तथा कार्यक्रम सार्वजनिक हुने बैठकमा सहभागी हुन विराटनगर आउँदै गरेका बेला उनीहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटना भएका बेला उक्त कार झापाको दमक नगरपालिका–१ का ४० वर्षीय भेषराज श्रेष्ठले चलाएका थिए । सांसदहरु चढेको गाडी पाँचथरकी सांसद मैया श्रेष्ठ लावतीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ५ च ३५३० नम्बरको कार झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले चलाएका थिए । उनी विराटनगरस्थित घरबाट कार्यक्षेत्र झापा फर्किदै गरेका बेला दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुवै कारमा सामान्य क्षति पुगेको र घटनाको थप अनुसन्धान थालिएको जोशीले बताए ।

दुर्घटना परेकी सांसद चाम्लिङले नीति तथा कार्यक्रम सार्वजनिक हुने प्रदेशसभा बैठकमा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेको बताइन् । दुर्घटनामा परेर शरीर केही दुखेजस्तो महसुस भएकाले अस्पताल जाने तयारीमा रहेको र प्रदेशसभा बैठकमा सहभागी हुन नसकेको उनको भनाइ छ ।साभारःअन्नपूर्णपोष्ट

Related posts

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

MadhesKhabar

मोरङ २ : एमालेका पोखरेलसंग सुजाता कोइरालाको लज्जास्पद हार

MadhesKhabar

भारतीय स्कार्पियाेबाट पेस्ताेलसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment