Madhes Khabar
काेशी प्रदेश

दीपावलीकाे रातमा प्रेमीसँग मिलेर श्रीमानको हत्या

विराटनगर,२३कात्तिक :मोरङको जहदामा एक जनाको हत्या भएको छ । जहदा गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको आइतबार दीपावलीकाे राति हत्या भएको हो ।

साेरेनकाे हत्या उनकी श्रीमती ३५ वर्षीया कमली बास्के र उनका भारतीय प्रेमी मिलेर गरेको प्रहरीको प्राम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोरेनको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ।

आइतबार राति करिब ९ बजेतिर टाउकोमा फलामको रड प्रहार गरी उनको हत्या गरिएको मोरङका एसपी कवित कटवालले बताए ।

उनका अनुसार सोरेनकी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहारका २७ वर्षीय सुनील मिश्रले बुधराममाथि रड प्रहार गरेका थिए । गम्भीर घाइते सोरेनको घटनास्थलमै मृत्यु भएको जानकारी एसपी कटवालले दिए ।

उनका अनुसार कमली र भारतीय नागरिक सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रेम सम्बन्धबारे बुधरामले थाहा पाएपछि दुवै मिलेर योजना बनाई उनको हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

विवाहेत्तर सम्बन्धकै कारण योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

Related posts

सिन्धुलीमा कार दुर्घटना हुदाँ चार भारतीयकाे मृत्यु

MadhesKhabar

ओभरटेक गर्ने क्रममा जीपसंग ठोक्किदाँ मोटरसाइकलमा सवार तीन युवकको मृत्यु

MadhesKhabar

स्कुल बसले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment