Madhes Khabar
काेशी प्रदेश

झापामा आगलागी हुँदा जलेर चार बर्षिय बालकको मृत्यु

फाइल फोटो।

झापा,११फाल्गुनःःझापामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

प्रहरीका अनुसार शुक्रबार अपरान्ह साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो। आगो सल्किएर इनामको एक तले टिनको छानो भएको कच्ची घरमा आगो लागेको थियो। उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए। बालक आगोको चपेटा पर्दा घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए।साभारः अन्नपूर्णपोष्टबाट

Related posts

अझै शान्त भएन सुनसरी,सदरमुकाम इनरुवासहितका ५ पालिकामा थप कर्फ्यू

MadhesKhabar

पाँचथर : तमाेर नदीमा बाेलेराे जिप खस्दा ५ जनाकाे मृत्यु

MadhesKhabar

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment