Madhes Khabar
राजनीति

पर्सा-३ मा कांग्रेस उम्मेदवार सुरेन्द्र चाैधरी जनसम्पर्क अभियानमा व्यस्त

पर्सा,२०माघ:पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चाैधरीले चुनावी जनसम्पर्क अभियानलाई तिब्रता दिएका छन् ।जसअन्तर्गत मंगलबार पकहामैनपुर गाउँपालिका वडा नम्बर ३ र ४ मा वडा स्तरीय अगुवा कार्यकर्ता, स्थानीय नेता तथा सर्वसाधारणसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

उक्त कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरीको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी स्थानीय अगुवा कार्यकर्ता, पार्टीका नेता–कार्यकर्ता, युवा, बुद्धिजीवी तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै उहाँले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको रणनीति, स्थानीय समस्या र जनअपेक्षाका विषयमा गहन छलफल गरेका थिए।

 

भेटघाट कार्यक्रममा सहभागीहरूले आफ्नो क्षेत्रका शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खानेपानी, सडक पूर्वाधार तथा सुशासनसम्बन्धी विविध समस्या र विकासका सम्भावनाबारे खुलेर धारणा राखेका थिए। विशेषगरी विद्यालयको शैक्षिक गुणस्तर सुधार, युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना, गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच विस्तार, सुरक्षित खानेपानीको दीर्घकालीन व्यवस्था तथा प्रभावकारी र पारदर्शी सुशासनको आवश्यकता औँल्याइएको थियो।

 

कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै आफू केवल मत माग्न मात्र नभई जनताको वास्तविक समस्या बुझ्न र त्यसको दिगो समाधान खोज्न मैदानमा आएको स्पष्ट पारे। उनले भने, “जनताका आवाज नै मेरा मुख्य एजेन्डा हुन्। यहाँ उठेका शिक्षा, रोजगारी, स्वास्थ्य, खानेपानी र सुशासनसम्बन्धी विषयहरूले मेरो आगामी कार्यदिशा अझ स्पष्ट बनाएका छन्।”

 

चौधरीले स्थानीयले उठाएका सबै मुद्दाहरूलाई संसद्मा सशक्त रूपमा उठाउने र परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, जनतासँग निरन्तर सम्पर्कमा रहेर विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउन महिलाहरु घरदैलोमा

MadhesKhabar

राजसंस्था र हिन्दुराष्ट्रका लागि राप्रपाद्वारा आन्दोलन घोषणा

MadhesKhabar

खतरामा परेको मधेस आन्दोलनका उपलब्धीहरु रक्षाका लागि मेरो उम्मेदवारी हो : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment