Madhes Khabar
खेलकुद

वीरगन्जमा जारी प्याब्सन टी–२० क्रिकेट : जीवनज्योति, मनकामना र वीरगन्ज स्कूल विजयी

वीरगन्ज,१३माघःवीरगन्जमा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा जीवनज्योति, मनकामना र वीरगन्ज स्कूल विजयी भएका छन्।

मंगलबार भएको पहिलो खेलमा जीवनज्योति माविले रोयल एकेडेमीलाई ६९ रनले पराजित ग¥यो। जीवनज्योतिले टस जितेर ब्याटिङ गर्दै विना कुनै विकेटको क्षतिमा १३० रन बनाएको थयो। १३१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको रोयल एकेडेमी भने ६६ रनमै अलआउट भयो। जीवनज्योतिका सागर यादवले ७८ रनको उत्कृष्ट इनिङ खेलेर म्यान अफ द म्याच घोषित भए।

दोस्रो खेलमा मनकामना एकेडेमीले न्यु वेभलाई ११४ रनको फराकिलो अन्तरले हरायो। न्यु वेभले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेका मनकामनाले १५ ओभरमा १ विकेटको क्षतिमा १५५ रन बनाएको थियोे। जवाफमा न्यु वेभ ९ विकेट गुमाउँदै मात्र ४१ रनमा सिमित भयो। ६९ रनको योगदान दिएका रैहान आलम म्यान अफ द म्याच घोषित भए।

तेस्रो खेलमा वीरगन्ज स्कूलले सफ्फाह आइडियललाई ७७ रनले पराजित ग¥यो। सफ्फाह आइडियलले टस जितेर बलिङ रोजेपछि वीरगन्ज स्कूलले १५ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको थियो। जवाफमा सफ्फाह आइडियल ११.३ ओभरमै ४५ रनमा अलआउट भयो। वीरगन्ज स्कूलका अनिष कुमार पटेल ३९ रनसहित म्यान अफ द म्याच घोषित भए।

Related posts

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

भारतविरुद्ध वीरगन्जका आशिफले बनाए सानदार अर्धशतक

MadhesKhabar

राेहितकाे अर्धशतकका बाबजुद नेपाल दाेस्राे खेलमा पराजित

MadhesKhabar

Leave a Comment