Madhes Khabar
शिक्षा

एसइई परीक्षा चैत १९ गतेदेखि

काठमाडौं,७ माघःमाध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यसवर्षको एसइई परक्षिा चैत १९ देखि २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

हरेक वर्ष चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्नुपर्ने भए पनि यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परीक्षा केही दिन पर धकेलिएको परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।

उनका अनुसार बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

Related posts

गर्मीका कारण बन्द रहेका वीरगन्जका विधालयहरु खोल्न अभिभावकहरुको माग

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयमा डाबर नेपालले दियो बेन्च र चापाकल

MadhesKhabar

पर्सामा आन्दोलनरत शिक्षकहरुद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

MadhesKhabar

Leave a Comment