Madhes Khabar
शिक्षा

गर्मीका कारण बन्द रहेका वीरगन्जका विधालयहरु खोल्न अभिभावकहरुको माग

मधेसखबर
वीरगन्ज,११साउन : गर्मीका कारण बन्द रहेका वीरगन्ज महानगरका विधालयहरु खोल्न माग गर्दै अभिभावक संघर्ष समितिले वीरगन्ज महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

असार तेश्रो साता देखि अत्याधिक गर्मी बढेपिछि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयहरु असार २८ गतते देखि साउन २० गते सम्मका लागि बन्द गरेको छ ।

तर एक साता यता निरन्तर वर्षा भएसंगै गर्मी पनि कम भइसकेकाले अब विधालयहरु खोल्न ममाग गर्दै अभिभावक संघर्ष समितिले महानगरपालिकाको कार्यालयमा बुधबार ज्ञापन पत्र बुझाएकोे हो ।

संघर्ष समितिका संयोजक सन्दिप साहको नेतृत्वमा बुधबार महानगगरपालिकाको कार्यालयमा पुगेका अभिभावकहरुको टोलीले महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण दुवै जनालाइ छुट्टा छुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ऋहिले केहि दिन यता गर्मी पनि कम भइसकेको अवस्थामा विधालय बन्द हुदा बालबालिकाहरु घरमै बसेर खेल्ने र घुम्ने गरेका कारण पठनपाठन प्रभावित भइरहेकाले यथाशिघ्र विधालयहरु पुन सन्चालनमा ल्याउन माग गर्दै ज्ञापनपत्र बुुझाइएको संयोजक सन्दिप साहले बताए ।

ज्ञापनपत्र बुझदै उपमेयर आलमले यस बारेमा मेयर राजेशमान सिंह र सम्बन्धित महाशाखाका प्रमुखसंगग सल्लाह गरेर निर्णय गरिने आश्वासन दिएको साहले जानकारी दिए ।

Related posts

गर्मी झन् बढेपछि वीरगन्जका विद्यालयहरु थप एक साताका लागि बन्द

MadhesKhabar

बेर्डिङ स्कुलको शुल्क वृद्धि लगायतका समस्या एक महिना भित्र सामधान गर्ने मेयर सिंहको प्रतिबद्धता

MadhesKhabar

पर्सामा प्रिन्सिपल एसोसिएसन अफ नेपाल गठन,अध्यक्षमा विनाेद मेहता

MadhesKhabar

Leave a Comment