Madhes Khabar
शिक्षा

गर्मीका कारण बन्द रहेका वीरगन्जका विधालयहरु खोल्न अभिभावकहरुको माग

मधेसखबर
वीरगन्ज,११साउन : गर्मीका कारण बन्द रहेका वीरगन्ज महानगरका विधालयहरु खोल्न माग गर्दै अभिभावक संघर्ष समितिले वीरगन्ज महानगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

असार तेश्रो साता देखि अत्याधिक गर्मी बढेपिछि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयहरु असार २८ गतते देखि साउन २० गते सम्मका लागि बन्द गरेको छ ।

तर एक साता यता निरन्तर वर्षा भएसंगै गर्मी पनि कम भइसकेकाले अब विधालयहरु खोल्न ममाग गर्दै अभिभावक संघर्ष समितिले महानगरपालिकाको कार्यालयमा बुधबार ज्ञापन पत्र बुझाएकोे हो ।

संघर्ष समितिका संयोजक सन्दिप साहको नेतृत्वमा बुधबार महानगगरपालिकाको कार्यालयमा पुगेका अभिभावकहरुको टोलीले महानगरपालिकाका उपमेयर इम्तियाज आलम र शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण दुवै जनालाइ छुट्टा छुट्टै भेटेर ज्ञापनपत्र बुझाएको हो ।

ऋहिले केहि दिन यता गर्मी पनि कम भइसकेको अवस्थामा विधालय बन्द हुदा बालबालिकाहरु घरमै बसेर खेल्ने र घुम्ने गरेका कारण पठनपाठन प्रभावित भइरहेकाले यथाशिघ्र विधालयहरु पुन सन्चालनमा ल्याउन माग गर्दै ज्ञापनपत्र बुुझाइएको संयोजक सन्दिप साहले बताए ।

ज्ञापनपत्र बुझदै उपमेयर आलमले यस बारेमा मेयर राजेशमान सिंह र सम्बन्धित महाशाखाका प्रमुखसंगग सल्लाह गरेर निर्णय गरिने आश्वासन दिएको साहले जानकारी दिए ।

Related posts

काठमाडौं वल्ड स्कुलकाे नेपाल टूर अभियान वीरगन्जमा पनि सम्पन्न

MadhesKhabar

सरकारी विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको शिक्षकहरुद्धारा नै स्वीकार

MadhesKhabar

प्रधानाध्यापक सरुवाको विषयलाई लिएर बारामा विद्यार्थी र प्रहरीबीच झडप

MadhesKhabar

Leave a Comment