Madhes Khabar
शिक्षा

बेर्डिङ स्कुलको शुल्क वृद्धि लगायतका समस्या एक महिना भित्र सामधान गर्ने मेयर सिंहको प्रतिबद्धता

क्रान्ति शाह
वीरगन्ज,३१असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नीजी विधालयमा शुल्क वृद्धि लगायत विभिन्न सवालमा देखिएका समस्याहरु एक महिना भित्र सामधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

नीजी विधालयहरुको मनोमानी विरुद्ध आन्दोलनमा उत्रिएका अभिभावक , नीजी विधालयका सन्चालक र महानगरपालिका बिच शुक्रबार भएको वार्तामा मेयर सिंहले यो प्रतिबद्धता जनाएका हुन् ।

 

नीजी विधालयको मनपरि शुल्क वृद्धि , भर्ना शुल्क , धरौटी रकम फिर्ता लगायतको १३ बुदे माग राख्दै अभिभावक संघर्ष समितिले १३ दिन पहिले महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो ।
त्यहि मागको विषयलाइ लिएर शुक्रबार महानगरपालिकाले शनिबार छलफल र वार्ताका लागि सरोकारवालालाइ महानगरपालिकामै बोलाएको थियो ।

 

महानगरपालिका कार्यालयको सभाकक्षमा भएको छलफल र वार्तामा मेयर सिंहले अभिभावकहरुको माग जायज भएको बताए । उनले वीरगन्जमा सन्चालित नीजी विधालयहरुको एक महिना भित्र वर्गिकरण गरेर त्यही अनुसार शुल्क निर्धारण गरिने बताए । उनले महानगरले निर्धारण गर्ने शुल्क दर कार्यान्वयन गर्न नीजी विधालयका सन्चालकहरुलाइ निर्देशन पनि दिए ।

 

मेयर सिंहले साउन २५ गते भित्रै नीजी विधालयहरुमा देखिएका समस्याको सामधान खोज्न छलफलमा सहभागी वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णलाइ निर्देशन पनि दिए । वार्तामा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि नीजी विधालयले नियम बिपरीत अभिभावकसंग लिएका बार्षिक शुल्क र धरौटी शुल्क फिर्ता गर्न नीजी विधालयका सन्चालकहरुलाइ निर्देशन दिए ।

अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप साहले शुक्रबारको वार्ता सकरात्मक नै रहेको प्रतिक्रिया दिए ।
वार्तामा शुल्क वृद्धि फिर्ताका बारेमा ठोस कुरा नभएकोले असन्तुष्टि जनाउदै उनले एक महिना भित्रमा आफना मागहरु सम्बोधन नभए फेरि आन्दोलन चर्काउने चेतावनी दिए ।

मेयर सिंहको अध्यक्षतामा भएको छलफल र वार्तामा उपमेयर इम्तियााज आलम , अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साह , प्याबसन पर्साका अध्यक्ष आलोक चौेरसीया, एनप्याब्सनका जिल्ला अध्यक्ष रामराज श्रेष्ठ , पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , नीजी विधालयका सन्चालक , अभिभावक लगायतको सहभागीता रहेको थियो ।

Related posts

वीरगन्ज १० काे सरकारी विद्यालयमा वडाध्यक्ष सुशीलकाे अग्रसरतामा ६ सय विद्यार्थीलाई पाेशाक वितरण

MadhesKhabar

हरि खेतान क्याम्पसलाई निजीकरण गर्न दिन्न : नवनियुक्त क्याम्पस प्रमुख राय

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

Leave a Comment