Madhes Khabar
शिक्षा

अस्थायी र करारका शिक्षकहरु तत्काल जागीरबाट नहट्ने

काठमाडौं,१०असोजःअस्थायी र करारका शिक्षकको पद तत्काल नहट्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय ईकाइलाई शुक्रबार परिपत्र गर्दै कतिपय स्थानीय तह र विद्यालयमा अस्थायी तथा करारका शिक्षकबाट काम चलाउनु परेको भन्दै स्थायी र करारका शिक्षकको पद तत्काल नहट्ने नहुने जनाएको छ ।

केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, “अर्थ मन्त्रालयको २०८२/०६/०७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेस विज्ञप्ति बुँदा नम्बर ग (५) को संगठन संरचना सुधारअन्तर्गतको बुँदा (ज)मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले शिक्षकको हकमा लागु नहुने व्यहोरा अनुरोध छ ।”
फाइल तस्बिर ।

 

Related posts

वीरगन्जका विद्यालयहरुमा वर्षे विदा साउन १३ गतेदेखि दिने महानगरको निर्णय

MadhesKhabar

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

MadhesKhabar

रौतहटमा एसईई परीक्षा हलबाट ५०० वटा मोबाइल बरामद

MadhesKhabar

Leave a Comment