Madhes Khabar
शिक्षा

पर्सामा प्रिन्सिपल एसोसिएसन अफ नेपाल गठन,अध्यक्षमा विनाेद मेहता

वीरगन्ज,१२जेष्ठ:पर्सामा प्रिन्सिपल एसोसिएसन अफ नेपालको जिल्ला कार्यसमिति गठन गरिएको छ ।जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुकाे भेलाले शारदा मावि बहुअरी सुगौलिका प्रधानाध्यापक विनोद मेहताको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमित गठन गरेको हो ।

समितिको उपाध्यक्षमा माईस्थान विद्यापिठ माविका प्रधानाध्यापक मुनिलाल कर्ण , सचिवमा नेपाल राष्ट्रिय प्रावि मधवलका प्रधानाध्यापक मुकलेश राउत गद्दी, सहायक सचिवमा कोईलाभार आधारभुत विद्यालयका प्रधानाध्यापक सुरुज नारायण पटवारी र कोषाध्यक्षमा कन्या मावि वीरगन्जकी प्रधानाध्यापिका अनिता साहलाई चयन गरिएको छ ।

यसैगरी सदस्य नविन कुमार मिश्रा,अनिल वर्णवाल,दयाकान्त झा, लक्ष्मीकान्त साह,रामनारायण मिश्र,रामादेश चौहान,ओमप्रकाश साह रौनियार, दिनेश प्रसाद कुर्मी, जितेन्द्र राम लगायतका छन् ।

सामुदायिक विद्यालयहरुको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको शैक्षिक प्रशासन र व्यवस्थापनमा सहयोग तथा सहजीकरण गर्न तथा प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गरी सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले प्रिन्सिपल एसोसियसन अफ नेपाल पर्साकाे जिल्ला कार्यसमिति गठन गरिएको अध्यक्ष मेहताले बताए ।

Related posts

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

MadhesKhabar

पर्साको एक विधालयका प्रधानाध्यापक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

MadhesKhabar

पन्नालालमा छात्रवृति बाड्दै वडाध्यक्ष कानुले भने : पढाईमा सुधार नल्याए शिक्षकलाई कारबाही हुन्छ

MadhesKhabar

Leave a Comment