Madhes Khabar
शिक्षा

पर्साको एक विधालयका प्रधानाध्यापक सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

मधेसखबर
वीरगन्ज,२८असार : पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय विद्यालयका प्रधानाध्यापक सहित ३ जना बिरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक रामवचन प्रसाद , विधालय निर्माण समितिका अध्यक्ष कन्न्हैया साह कानु र सदस्य रामचन्द्र साहले भ्रष्टचार गरेको भन्दै तीनै जना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गराएको हो ।

विद्यालयमा प्राप्त विभिन्न शीर्षकको ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले काठमाण्डौ स्थित विशेष अदालत काठमाण्डौमा मुद्धा दर्ता गराएको हो ।

अख्तियारमा उनिहरु विरुद्ध उजुरी परेपछि  अख्तियारले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानका क्रममा आरोपित तीनै जनाले अस्वभाविक रुपमा रकम पेश्की उपलब्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै काम नगरेको तथा पेश्की बापतको रकम हालसम्म विद्यालयको खातामा दाखिला पनि नगरेको खुलेको अख्तियारका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।

Related posts

सुखचैनाको विद्यालयमा २५५ विद्यार्थीलाई छात्रवृति वितरण

MadhesKhabar

महुवनको विधालयलाइ जसपा युवा नेता साहद्धारा २५ हजार रुपैया सहयोग

MadhesKhabar

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

MadhesKhabar

Leave a Comment