Madhes Khabar
शिक्षा

महुवनको विधालयलाइ जसपा युवा नेता साहद्धारा २५ हजार रुपैया सहयोग

मधेसखबर
वीरगन्ज , १९ साउन : पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवनमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विधालयमा प्लस टु को अध्ययन अध्यापन सन्चालनका लागि जनता समाजवादी पार्टी (जसपा) का युवा नेता शीव कुमार साहले २५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

बिहीबार साहले विधालयका प्रधानाध्यापक भरत गिरिलाई २५ हजार ५ रुपैयाको चेक प्रदान गरेका हुन् ।यस्तै सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ६ का वडा अध्यक्ष मुन्ना राउत कम्करले पनि वडाको बजेटबाट १ लाख ११ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रधानाध्यापक गिरीले बताए ।

त्यस अवसरमा महुवन स्वास्थ्य चौकीका इन्चार्ज सरोज गिरी, नेपाल रेडक्रस सोसाइटी उप–शाखा महुवनका सभापति जदु साह तेली , प्रधानाध्यापक भरत गिरी, शिक्षक दिनेश साह, चन्दन साह तेली, शिक्षक सोनालाल यादव , राम बहादुर यादव लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

शिक्षकहरुले सिडिओलाई चाबी बुझाएपछि बहुदरमाईका विद्यालय १० दिनदेखि बन्द

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

छात्रवृती निवेदन माग बारे सबै संस्थागत विधालयलाई महानगरपालिकाको निर्देशन

MadhesKhabar

Leave a Comment