Madhes Khabar
शिक्षा

पर्सा र बाराका ९०४ विद्यार्थीहरुलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण

वीरगन्ज, २८ बैशाख :चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टको आर्थिक सहयोगमा ग्लोबल कोपरेशन फर डेभलपमेन्ट ललितपुरले पर्सा र बाराका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग ,शैक्षिक सामग्री, हाइजेन किट तथा खेलकुद सामग्री वितरण गरिएको छ।

पर्साको एउटा र बाराका ४ वटा गरी कुल ६ वटा सामुदायिक विद्यालयका ९०४ बालबालिकाहरुलाई स्कूल ब्याग ,शैक्षिक सामग्री,हाइजेन कीट तथा खेलकुद सामग्री वितरण गरिएको हो ।

आइतबार बाराको बलरामपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित ती साम्रगी वितरण कार्यक्रममा कार्यवाहक वडाध्यक्ष लाल झरी देवी,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल प्रसाद कलवार, प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उपस्थिती थियो भने बाराकै बिश्रामपुर–३ को विद्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष शिवचन्द्र प्रसाद यादव,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु चौरासिया, समाजसेवी छोटेलाल प्रसाद पाल, कांग्रेस नेता लोकेश सिंह, डा. धनन्जय यादव, चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट ललितपुर कार्यालयका प्रतिनिधि कवित नेपाली, ग्लोबल कोपरेशन फर डेभलपमेन्ट ललितपुरका प्रतिनिधि उत्तम कार्की लगायतको उपस्थिती थियो ।

Related posts

वीरगन्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु

MadhesKhabar

वीरगन्जका सरकारी विद्यालयका विद्यार्थीको हौसला बढाउन ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरु

MadhesKhabar

प्रधानाध्यापक संघ पर्साको अध्यक्षमा मेहता सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment