Madhes Khabar
शिक्षा

बोर्डिङ चलाउने सरकारी विधालयका शिक्षकलाइ राजीनामा दिन मेयर सिंहको आग्रह

मधेसखबर
वीरगन्ज,२८असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले , नीजी विधालय चलाउने सरकारी विधालयका शिक्षकहरुलाइ सरकारी जागीरबाट राजीनामा दिन आग्रह गरेका छन् ।

मङगलबार वीरगन्ज महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले भने ,‘ यदि बोर्डिङ स्कुल चलाउने हो भनने पहिले सरकारी जागिरबाट राजीनामा दिनुस् अनि मात्र बोर्डिङ स्कुल चलाउनुस् , दुवै हातमा लड्डु नखोज्नुस् ।

मेयर सिंहले विधालयमा राजनीति गर्ने शिक्षकहरुलाई पनिन शिक्षण पेशा छोडेर राजनीतिमा लाग्न आग्रह पनि गरे । उनले भने,‘ पढाउने कम अनि पार्टीको राजनीति बढी गर्ने प्रवृति देखिएको छ ,तर अब म भन्छु राजीति नै गर्ने इच्छा छ भने शिक्षण पेशा छोड्नुहोस्, त्यसमै सबैको भलाइ छ ।

सरकारी विधालयमा जागीर पनि खाने अनि राजनीति पनि गर्ने बेथिती अब अन्त्य गरिने भन्दै उनले भने ,‘ फेरि भन्दैछु सरकारी तलब पनि खाने अनि राजनीति पनि गर्ने काम अब हुन सक्दैन ।

Related posts

विद्यार्थीलाई प्रेरित गर्ने पर्साका कृष्ण साह देश–विदेशमा ख्याती कमाउँदै

MadhesKhabar

बढ्निहारको जनता माविमा भएको अनियमितता बारे ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन

MadhesKhabar

पचगाँवाको विधालयमा छात्रावास भवनको शिलान्यास

MadhesKhabar

Leave a Comment