Madhes Khabar
शिक्षा

बोर्डिङ चलाउने सरकारी विधालयका शिक्षकलाइ राजीनामा दिन मेयर सिंहको आग्रह

मधेसखबर
वीरगन्ज,२८असार : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले , नीजी विधालय चलाउने सरकारी विधालयका शिक्षकहरुलाइ सरकारी जागीरबाट राजीनामा दिन आग्रह गरेका छन् ।

मङगलबार वीरगन्ज महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले भने ,‘ यदि बोर्डिङ स्कुल चलाउने हो भनने पहिले सरकारी जागिरबाट राजीनामा दिनुस् अनि मात्र बोर्डिङ स्कुल चलाउनुस् , दुवै हातमा लड्डु नखोज्नुस् ।

मेयर सिंहले विधालयमा राजनीति गर्ने शिक्षकहरुलाई पनिन शिक्षण पेशा छोडेर राजनीतिमा लाग्न आग्रह पनि गरे । उनले भने,‘ पढाउने कम अनि पार्टीको राजनीति बढी गर्ने प्रवृति देखिएको छ ,तर अब म भन्छु राजीति नै गर्ने इच्छा छ भने शिक्षण पेशा छोड्नुहोस्, त्यसमै सबैको भलाइ छ ।

सरकारी विधालयमा जागीर पनि खाने अनि राजनीति पनि गर्ने बेथिती अब अन्त्य गरिने भन्दै उनले भने ,‘ फेरि भन्दैछु सरकारी तलब पनि खाने अनि राजनीति पनि गर्ने काम अब हुन सक्दैन ।

Related posts

त्रिजुद्ध माविका ८६ जना बालबालिकालाई साहिब साहिब दरबार वीरगन्जले बाँड्यो स्कूल ब्याग

MadhesKhabar

सरकारसँग भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकहरु भन्छन् : आन्दोलन जारी रहन्छ

MadhesKhabar

वीरगन्जका एक वडाध्यक्षको सह्रानिय कदम : विधार्थीलाई ५ वर्षसम्म निशुल्क शैक्षिक सामाग्री

MadhesKhabar

Leave a Comment