Madhes Khabar
शिक्षा

बढ्निहारको जनता माविमा भएको अनियमितता बारे ७ दिनभित्र जवाफ पेश गर्न निर्देशन

मधेसखबर
वीरगन्ज,१८माघ : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विधालयको शैक्षिक गुणस्तर र अनियमितता बारे उठेका सवाल बारे सात दिन भित्र जवाफ पेश गर्न पत्र काटिएको छ ।मेयर गोकर्ण पाठकको अध्यक्षतामा बुधबार बसेको बैठकले सात दिन भित्र लिखित जवाफ पेश गर्न विधालय प्रशासनलाई पत्र काटेको हो ।

विधालयमा शैक्षिक गुणस्तर खस्किएको र आर्थिक अनियमितता बढेको भन्दै विधालय सुधार संघर्ष समितीले १४ बुँदे ज्ञापनपत्र बुझाएको थियो । त्यहि विषयमा बुधबार पर्सागढि नगरपालिकाले विधालयका प्रधानाध्यापक र संघर्ष समितिसंग छलफल गरेको थियो ।
छलफलमा मेयर पाठकले विधालय सुधार संघर्ष समितिले बुझाएको १४ बुँदे माग प्रति विधालयमा के भएको हो स्पस्ट पार्न सात दिन भित्र जवाफ आउने गरि पत्र पठाउने र विधालयको जवाफ आए पछि दुबै पक्षको बैठक राखेर निकास खोज्ने निर्णय भएको बताए ।उनले बुधबारको बैठकमा बिधालयको जिम्मेवार निकाय ब्यवस्थापन समितिका तर्फबाट कोहि पनि उपस्थिति नभएको कारण ब्यवस्थापन समिति विधालयको समस्याबाट पन्छिन खोजेको भन्दै यसप्रति गम्भीर हुन समेत आग्रह गरे ।

विधालय सुधार संघर्ष समितिले विधालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न , मावि तहको शिक्षकलार्य प्रधानाध्यापक नियुक्त गर्न , विधालयमा समाजिक लेखा परिक्षण समिती गठन गरि तीन बर्ष देखिको आयब्यय प्रस्तुत गर्न , विषयगत शिक्षकको नियुक्ति गर्न लगायतका १४ बँुदे माग राखेर वडा कार्यालय र नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो ।

बुधबारको बैठकमा मेयर गोकर्ण पाठक , उपमेयर पुजा चौधरी , समाजिक बिकास तथा स्वास्थ्य शाखा प्रमुख नारायण पौडेल , शिक्षा शाखा प्रमुख देव कुमार गिरि , जनता माविका प्रधानाध्यापक मोहन प्रसाद चौधरी , विधालय सुधार संघर्ष समितिका अध्यक्ष अरुण प्रकाश रेग्मी , सदस्यहरु शम्भु कुर्मी , विमला बस्नेत , राजेश साह , जगर्नाथ तिवारी , विजय चौधरी , सीमा शर्मा लगायतको पनि सहभागिता थियो ।

Related posts

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

MadhesKhabar

विद्यालयमा पढाईकासाथै खानाका परिकार बनाउन सिक्दै बालबालिकाहरु

MadhesKhabar

एसईई परीक्षाको नतिजा साउनको पहिलो हफ्तामा

MadhesKhabar

Leave a Comment