वीरगन्ज,९पुषः वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटीकास्थित माउन्ट मकालु बोर्डिङ्ग स्कुलमा सोमबार फूड फेस्टिभल सम्पन्न भएको छ ।विद्यालयकै प्राङ्गण्नमा भएको कार्यक्रममा विद्यार्थीहरुले आफै विभिन्न किसिमको खानाको परिकार बनाउनु साथै विक्री समेत गरेका थिए ।
कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको विद्यालयका प्रचार्य राहुल श्रीवास्तवले बताए ।पढाईको साथ साथै दैनिक जिवनमा उपयोगमा आउने क्रियाकलापको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
फूड फेस्टिभलमा विद्यार्थीहरुको समुहले मःम, छोला भटोरा, पनीर चिल्ली, लिटी चोखा, दही पुरी,पानी पुरी, चटपटे, पकौडी लगायतका खानाको परिकार बनाएका थिए । कार्यक्रममा सहभागि अभिभावक लगायतका अतिथीहरुले ती परिकार खरिद गरि खाएका थिए ।फूड फेस्टिभलमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।
स्कुलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा लिटल बडी इन्टरनेशनल स्कुलका प्रिन्सपलका विजय बल, लोकल नेपालका निर्देशक युवराज केशरी, कन्चनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान, वीरगन्ज युवा समाजका कमल चौलागाई, वीरगन्ज मोन्टेशरी स्कुलका प्रिन्सपल प्रियांका गुप्ता ,पत्रकार जगत राई, शम्भु कुमार सुमन, दिपु बर्णवाल,दिपक चौरसिया लगायतकोपनि सहभागिता थियो ।