Madhes Khabar
शिक्षा

पटेर्वा सुगौली गाउँपालिकाका शिक्षकहरुलाई सुचना प्रविधी सम्बन्धि ५ दिने् तालिम

वीरगन्ज, ९ असार : पर्साको पटेर्वा सुगौली गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाइ सुचना प्रविधी सम्बन्धि ५ दिने क्षमता विकास तालिम दिइएको छ ।गाँउपालिकाको कार्यालयले गाँउपालिकामा रहेका २४ वटा सामुदायिक विद्यालयमा अध्यापनरत आईटी श्रोत शिक्षक शिक्षिकाहरुलाई तालिम दिएको हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुगौली दापमा असार ५ देखि सुरु भइ शनिबार सकिएको तालिममको मूल नारा ‘हामी सबैको प्रण ,सर्बजनिक शिक्षा प्राणलीमा आईटीको सवलिकरण ’ भन्ने रहेको थियो ।तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई विद्यालयमा सुचना प्रविधि ब्यवस्थीत र पारदर्शी बनाउने विषयमा प्रशिक्षक देवेन्द्र साह कानुले प्रशिक्षण दिएका थिए ।

शनिबार नेरामावी सुगौली दापका सहायक शिक्षिका सुनिता चौधरीको अध्यक्षतामा आयोजित तालिमको समापन कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पजियार,समाजिक विकास शाखा प्रमुख राजकुमार महतो,वडा नंबर ४ का वडा अध्यक्ष बासु पजियार लगायतको उपस्थिती रहेको शिक्षक मोतिलाल चौधरीले जानकारी दिए ।

Related posts

वीरगन्जको ग्रामीण भेगका दुई सरकारी विद्यालयमा सूर्य नेपालको सहयोगमा कम्प्युटर ल्याब सञ्चालन

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेजमा रुपान्तरण गर्न जरुरी छ : मेयर सिंह

MadhesKhabar

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण

MadhesKhabar

Leave a Comment