Madhes Khabar
शिक्षा

वीरगन्ज नर्सिङ क्याम्पसलाई मेडिकल कलेजमा रुपान्तरण गर्न जरुरी छ : मेयर सिंह

वीरगन्ज,१६माघ : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज नर्सिङ क्याम्पसलाई छुट्टै मेडिकल कलेजको रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।

क्याम्पसको ४७ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले त्यसका लागि सबैको साथ रहे महानगरले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाए ।उनले भने ,‘ बजेट नआउँदा अहिले भएको संरचना जोगाउन पनि मुस्किल देखिन्छ , यदि क्याम्पसले सहयोग गरेमा महानगर त्यसको नेतृत्व लिन तयार छ ।

वर्षायाममा क्याम्पस क्षेत्र डुबानमा पर्ने गरेको जानकारी पाएको भन्दै मेयर सिंहले आउँदो आर्थिक वर्षमा क्याम्पस डुबानको समस्या समाधान हुने गरी आवश्यक काम गर्ने पनि बताए ।क्याम्पसले स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन गर्दै आएकोमा उनले प्रशंसा पनि गरे ।

नर्सिङ क्याम्पस प्रमुख जमुना भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य लालबाबु राउत गद्दी, महानगरपालिकाका उपमेयर इम्तियाज आलम, ठाकुरराम बहुमुखि क्याम्पसका प्रमुख उमेश प्रसाद चौरसिया, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चितरन्जन साह लगायतको सहभागिता रहेको थियो ।

Related posts

कालिकामाई गाँउपालिकाका अध्यक्ष गुप्ताद्वारा सरकारी विद्यालयका १४० शिक्षक–शिक्षिका सम्मानित

MadhesKhabar

ठाेरीमा मनाेमानी ढंगले गरिएकाे शिक्षकहरुकाे सरुवा खारेज गर्न माग

MadhesKhabar

आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई ठोरीमा सम्मान

MadhesKhabar

Leave a Comment