Madhes Khabar
शिक्षा

पिएचडी उपाधि हासिल गरेका ठाकुरराम क्याम्पसका ३ प्राध्यापकहरु सम्मानित

वीरगन्ज,२८भदौंःवीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका विद्यावारिधी (पिएचडी) उपाधि हासिल गरेका तीन जना शिक्षकहरुलाई प्राध्यापकहरुलाई क्याम्पसमा सम्मान गरिएको छ ।

पिएचडी उपाधि हासिल गरेका क्याम्पसको गणित विभागमा अध्यापनरत तीनै जना शिक्षकहरुलाई बिहीबार आयोजित कार्यक्रममा सम्मानित गरिएको हो । क्याम्पसको सभाकक्षमा बिहीबार क्याम्पसको गणित विभागले आयोजना गरेको कार्यक्रममा प्राध्यापक डाक्टर विद्यानन्द प्रसाद, सह–प्राध्यापक डाक्टर कृपा सिन्धु प्रसाद चौधरी तथा उप–प्राध्यापक डा.लक्ष्मण बहादुर कुवँरलाई क्याम्पस प्रमुख रणजित प्रसाद यादव र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका ईकाइ सभापति डाक्टर प्रमोद कुमार कुशवाहाले सम्मानित गरेका थिए ।

क्याम्पस प्रमुख यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख अनिल रमण, दिनेश प्रसाद साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

दलित बालबालिकाको शिक्षामा पहुँच बढाउनका लागि आर्थिक सहयोग

MadhesKhabar

बाराको पचरौता नगरपालिकाकाले एमबीबीएस पढ्ने दुई विद्यार्थीलाइ दियो जनही १० लाख

MadhesKhabar

वीरगन्जका सामुदायिक विद्यालयमा थप ३ दिन विदा, संस्थागत विद्यालय आइतबारदेखि खुल्ने

MadhesKhabar

Leave a Comment