माधुरी महतो
वीरगन्ज,२३कार्तिक : वीरगन्जमा रहेको रोयल एकडेमीले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण विकास भएको देखीएको छ ।
विद्यार्थीहरुले विज्ञान विषय पढिरहँदा त्यसबाट सिकेका विभिन्न किसिमको प्रविधि प्रयोग गरी विभिन्न सामाग्री एव् प्रोजेक्ट विकास तथा आविष्कार गरेका छन् ।
सूचना र व्यवस्थापनलाई सँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न वा हाल विभिन्न अन्य देशहरुमा भईरहेको युद्धका कारण वातावरणमा परेको असर तथा हाल विश्वकै लागि चुनौती बनेको वायुमण्डल प्रदुषणलाई न्युनिकरणका उपाय लगायतका विषयमा रोयल एकडेमीका कक्षा ७ र ८ का विधार्थीहरुले विभिन्न उपकरण , सामाग्री एव् प्रोजेक्ट बनाएका हुन् ।
आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउने संकल्पका साथ विधार्थीहरु आफै यती उत्साहीत भएर दत्तचित्त भएर लागेको देख्दा मन हर्षित भएको विधालयकी डाईरेक्टर सबनम श्रेष्ठले बताईन् ।
कक्षा ७ र ८ का विधार्थीहरुले ट्यांकीमा पानी भरेपछि पानी खेर नफालियोस् भनेर पानीभरेको खबर दिने अलार्मको विकास गरेका छन् ।भने त्यस्तै विधालयका केही छात्राहरुले भने हरीतगृहको महत्व र युद्धबाट भईरहेको वातावरणीय असरका बारेमा प्रोजेक्टद्वारा प्रस्तुत गरेका थिए ।
त्यस्तै केही छात्राहरुले भने कलकारखानाहरुबाट निस्केको धुवा धुलोले वातावरण तथा मानिसको जिवनमा पारीरहेको असर र त्यसबाट बच्ने उपाय बारे प्रोजेक्ट प्रस्तुत गरेका हुन् भने केही छात्रहरुले सोलारको प्रयोग गरी पेरीस्कोप लगायत विज्ञानका विभिन्न सामाग्री निर्माण गरेका हुन् ।
मानिसहरुका बगैचामा पानी हाल्न लाग्ने मेहनतलाई विज्ञान प्रविधीको प्रयोग गरी कम समयमा धेरै बोटविरुवामा एकैपटक पानी हाल्न सक्ने प्रविधी केही विधार्थीहरुले निर्माण गरेका थिए ।
त्यस्तै हाल चोरीको घटना दिनप्रतीदिन बढीरहँदा घरमा सुतेको बेला वा जुन सुक्कै बेला घरमा कोही छिरेको बेलामा घरका मान्छेले थाहा पाउने गरी अलार्म निर्माण गरेका हुन् भने मुसालाई समात्ने नयाँ प्रविधी समेत निर्माण गरेर प्रस्तुत गरेका छन् ।केही विधार्थीहरुले भने ड्याम समेतको विकास गरेर प्रस्तुत गरेका हुन् ।
रोयल एकेडेमीकी प्रिन्सिपल विजैया ओझैयाले भनिन्,‘यस विधालयले विधार्थीको संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन् । अहिले हरेक क्षेत्रमा विज्ञानको आवश्यकता पर्ने भएकाले त्यसैले यो अवसरलाई लिन सक्ने गरी विधार्थीहरुलाई बनाउन सक्नुपर्छ जस्तो लाग्छ ।’
डाईरेक्टर श्रेष्ठ भन्छिन् , पूरानो ढर्राको अध्यापनमा कागजमा केही कुरा लेखेकै भरमा प्रयोगात्मक परीक्षाको नम्बर दिने चलन थियो तर अब हामीले उक्त परम्परालाई हटाउँदै शिक्षालाई जीवनसँग जोड्नुपर्छ भन्ने उदेश्यका साथ यो अवधारणा विकास गर्दै विधार्थीको भविष्य सुनिश्ति तर्फ लाग्नु नै हाम्रो उद्देश्य पनि हो ।’

