वीरगन्ज,२साउनःपर्साको कलिकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ गुप्ताले सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरुलाई सम्मानित गरेका छन् ।
शुक्रबाार कालिकामाई गाँउपालिका वडा नम्बर १ मुड्लीस्थित जनता मावि परिसरमा एक कार्यक्रम नै आयोजना गरेर गाँउपालिका अध्यक्ष गुप्ताले १ सय ४० जना शिक्षक–शिक्षिकाहरुलाई सम्मानित गरेका हुन् । अध्यक्ष गुप्ताले शिक्षक–शिक्षिकाहरुलाई हाते ब्याग,डायरी,कलम र प्रमाणपत्र प्रदान गरेर सम्मानित गरेकोे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरिले जानकारी दिए ।
गिरिका अनुसार, गाँउपालिका अन्र्तगत रहेका ११ वटै सामुदायिक विद्यालयमा अध्यापनरत १ सय ४० जना शिक्षक–शिक्षिकाहरुलाई गाँउपालिका अध्ध्यक्ष गुप्ताले सम्मानित गरेका हुन् ।
सामुदायिक विद्यालयहरुमा अध्यापनरत शिक्षक–शिक्षिकाहरुको मनोबल उच्च बनाउन र शिक्षकाको गुणस्तर अझ प्रभावकारी बनाउन शिक्षक–शिक्षिका प्रेरित गर्ने उदेश्यले सम्मानित गरिएको गाँउपालिका अध्यक्ष गुप्ताले बताए । उनले भने,‘ सरकारी स्कूल र त्यहाँ पढाउने शिक्षक–शिक्षिकाहरुप्रति समाजको सोच नकारात्मक देखिन्छ । तर वास्तविकता भने फरक छ ।सिमित साधन स्रोततका बाबजुद सरकारी विद्यालयका शिक्षक–शिक्षिकाले लगन र इमान्दारीताका साथ बच्चाहरुलाई पढाउनु हुन्छ ।त्यसैकारण उहाँहरुको मनोबल उच्च बनाउने उदेश्यले हामीले सम्मानित गरेका हौं ।’
कार्यक्रममा अध्यक्ष गुप्ताले कालिकामाई गाँउपालिका वडा नम्बर ४ परशुरामपुरका ११३ वर्षीय ज्येष्ठ नागरिक ढोडा महतो चाईलाईपनि गम्छा ओढाएर मायाको चिन्हो प्रदान गर्दै सम्मानित गरे ।
सम्मान कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका सचिव विनोद गिरि, वडाध्यक्षहरु लालाबाबु चौरिसया , सोनाल चौरसिया र जयनारायण पटेलका साथै विद्यालयका कर्मचारी, स्थाानीय शिक्षाप्रेमी लगायतकाकोपनि सहभागिता थियो ।

