Madhes Khabar
शिक्षा

बाराका दुई सरकारी विद्यालयमा १६० जना विद्यार्थीहरुलाई साईकल वितरण

बारा,१८ फागुन : चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ र ४ का दुई वटा सामुदायिक विद्यालयहरुमा साईकल वितरण गरिएको छ ।

अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत आईतबार वडा नम्बर ३ मुसहर्वा टोलको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना बिद्यार्थी र वडा नम्बर ४ बलिरामपुरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।

मधेस प्रदेशका ९ वटा सामुदायिक विद्यालयमा १ हजार विद्यार्थीहरुलाई एक÷एक थान साईकल वितरण गर्ने लक्ष्य अनुरुप आईतबार बाराका १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको आयोजकले जनाएको छ ।

विश्रामपुर–३ मा वडाध्यक्ष शिवचन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक जुगुल किशोर साह, शिक्षक शिक्षिका, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी बलिरामपुरमा विद्यालय व्यवस्थान समितिका अध्यक्ष पतिलाल साहको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाध्यक्ष किसोरी साह, पुर्व वडाध्यक्ष मदन प्रसाद यादव, चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्टका कबित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, डा. धनन्जय यादव, प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

 

Related posts

गौतम स्कुलमा शिक्षकले कुट्दा बालकको कानको जाली फुट्यो,कारबाही गर्न अभिभावकको माग

MadhesKhabar

नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा “च्यारिटेबल फेस्ट” सम्पन्न

MadhesKhabar

छपकैयाका विधार्थीहरुला शैक्षिक सामाग्री वितरण

MadhesKhabar

Leave a Comment