Madhes Khabar
शिक्षा

छपकैयाका विधार्थीहरुला शैक्षिक सामाग्री वितरण

मधेसखबर
वीरगन्ज ,२३ भदौं : वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया स्थित ताराचन्द किशनलाल आधारभूत विधालयमा अध्ययनरत विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ ले विद्यार्थीहरुलाई कापी , पेन्सिल , ईलेजर र कटर बितरण गरेको सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईले जानकारी दिए।

ठकुराईकै अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य वशिर मिया हजामले सामुदायिक सेवा केन्द्रले गरेको कामको प्रसंशा गर्दै समुदायमा हुने हरेक काममा जनप्रतिनिधि , सामुदायिक सेवा केन्द्र , विभिन्न क्लब , संघसस्था र बुद्धिजीवीहरु संगै मिलेर जाने हो भने समाजका हरेक समस्या सजिलै समाप्त हुने बताए ।

कार्यक्रममा पर्साका प्रहरी नायव उपरीक्षक दिपक गिरि , नेपाल आराधना समाजका कार्यक्रम व्यवस्थापन अवधेस प्रसाद साह , ताराचन्द किशनलाल आधारभूत विधालयका प्रधानाध्यापक सुरेश राउत गद्दी , पुर्व प्रधानाध्यापक राजन जोशी , विधालयका दाता दिपक कुमार अग्रवालल लगायतको उपस्थिति रहेको थियो ।

Related posts

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

MadhesKhabar

वीरगन्ज २८ को विद्यालयमा विधार्थीलाइ पुरस्कार वितरण, जनप्रतिनिधीलाइ सम्मान

MadhesKhabar

वीरगन्जको कोनियामा नवनिर्मित विद्यालय भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment