Madhes Khabar
शिक्षा

वीरगन्ज २८ को विद्यालयमा विधार्थीलाइ पुरस्कार वितरण, जनप्रतिनिधीलाइ सम्मान

मधेसखबर
वीरगन्ज,०३असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको महानन्द प्रसाद उपाध्याय माध्यमिक विधालयमा शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा कक्षागत उत्कृष्ट नतिजा ल्याएका विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको हो । यस्तै स्थानीय तहको निर्वाचनमा वडा नम्बर २८ मा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाइ विद्यालयले सम्मान पनि गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेस कुमार साहको अध्यक्षता एंव प्रदेश सांसद राजेश्वर प्रसाद साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाअध्यक्ष सर्युग महतोका साथै वडा सददस्यहरुलाइ फुलमाला र अबीर लगाएर सम्मानीत गरिएको विद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डेले जानकारी दिए ।

 

Related posts

राष्ट्र बैंकद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा ठाकुरराम क्याम्पस प्रथम

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

MadhesKhabar

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु ८ दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment