
मधेसखबर
वीरगन्ज,३१असार :अभिभावक संघर्ष समिति वीरगन्जले आफुहरुको माग सम्बोधन नभए सम्म मासिक शुःल्क नबुझाउने जनाएको छ ।
नीजी विधालयहरुको मनोमानी विरुद्ध संघर्षरत अभिभावक संघर्ष समितिले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै आफुहरुको माग सम्बोधन नभए सम्म मासिक शुःल्क नतिर्न नीजी विभालयमा अध्ययनरत विधार्थीका अभिभावकसंग अपिल पनि गरेको छ ।
शुक्रबार अभिभावक संघर्ष समिति , वीरगन्ज महानगरपालिका , नीजी विधायका सन्चालक र सुरक्षा निकायका प्रमुख बिच महानगरपालिकामा भएको वार्तामा यस्तो समतिमा भएको अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साहले एक विज्ञप्ति जारी गरेर जानकारी गराएका हुन् ।
संयोजक साहले शुक्रबार भएको पहिलो चरणको वार्तामा महानगरका मेयर राजेशमान सिंहले एक महिना भित्र निजी विधालयहरुको वर्गिकरण गरेर शुल्क तोक्ने प्रतिबद्धता जनाएकाले उक्त काम नभए सम्म अभिभावकले शुल्क नबुझाउने र विधालयले पनि शुल्कका लागि अभिभावकलाइ दबाब नदिनने सहमति भएको बताए ।


