Madhes Khabar
शिक्षा

वीरगन्जकाे सनलाईट माविमा यहि शैक्षिकसत्रदेखि कक्षा ११ सञ्चालन हुने

वीरगन्ज ,१६असार: वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा सञ्चालित सनलाईट माध्यामिक विद्यालयमा यहि शैक्षिक सत्रदेखि दश जोड २ मा व्यावस्थापन संकायको पठनपाठन सुरु गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन पक्षले शनिबार विद्यालय परिसरमै पत्रकार सम्मेलन गरेर यहि शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यावस्थापन संकायकाे अध्यापन सुरु गर्न लागेको जानकारी गराएको हो ।

यसअघि कक्षा १० सम्मकाे मात्रै पठनपाठन हुदै आएको सनलाइट माविमा अब यहि शैक्षिक सत्रदेखि सनलाईट इएसएस प्लस टु म्यानेजमेण्टको पठनपाठन सुरु गर्न लागिएको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक आलोक चौरसियाले जानकारी दिए। विद्यालयले वैज्ञानिक र व्यावहारिक शिक्षा प्रणाली अनुसार कक्षा ११ को अध्यापन गराउने योजनाका साथ कक्षा सुरु गर्न लागेको उनले बताए ।

उनले कक्षा ११ मा सरकारले लिएको पढ्दै जाऊ, कमाईदै जाऔंको नीति अनुसारको रोजगारमुखी शिक्षा प्रदान गरिने उनले बताए । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुको रुची र चाहाना अनुसार कुन शिक्षा लिन चाहेको हो ? उनीहरुको रुची, सीपको पहिचान गरेर त्यही अनुसारको शिक्षा प्रदान गरिने विद्यालयका स्किल म्यानेजर मनिष चालिसेले बताए ।

त्यस्तै एसईईमा जिल्लामा उत्कृष्ट र प्रवेश परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति, प्रवेश परीक्षामा दशजना उत्कृष्ट, सरकारले निर्धारण गरेको १० प्रतिशत गरिब, विपन्न, असहाय र अन्य पिछडिएको समुदायकाहरुका लागि १० प्रतिशत तथा छात्राहरुको लागि विशेष सुविधाको प्रदान गरिने पनि प्रधानाध्यापक चाैरसियाले जानकारी गराए ।

विद्यालयका विद्यार्थी क्लयाण संयोजक शिवम साहले सहजिकरण गरेको पत्रकार सम्मेलनमा विद्यालयलसञ्चालक समितिका निर्देशकहरु विजय चौरसिया, उमेश साह, दिनेश साह, धनञ्जय चौरसिया लगायतकाेपनि उपस्थिति रहेको थियो ।

Related posts

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

MadhesKhabar

वीरगन्जका नीजी विधालय विरुद्ध अभिभावकको आन्दोलन निरन्तर, मोटरसाइकल जुलुश प्रदर्शन

MadhesKhabar

वीरगन्जका विद्यालयहरुमा वर्षे विदा साउन १३ गतेदेखि दिने महानगरको निर्णय

MadhesKhabar

Leave a Comment