Madhes Khabar
शिक्षा

वीरगन्जका नीजी विधालय विरुद्ध अभिभावकको आन्दोलन निरन्तर, मोटरसाइकल जुलुश प्रदर्शन

माधुरी महत्तो
वीरगन्ज,२८असार :वीरगन्जका नीजी विधालयहरुको शुल्क वृद्धि र मनोमानी विरुद्ध आन्दोलनरत अभिभावकहरुले मङगलवार मोटरसाइकल जुलुश प्रदर्शन गरेका छन् ।

अभिभावक संघर्ष समितिको अगुवाइमा अअभिभावकहरुले वीरगन्ज्मा मोटरसाइकल जुलुश प्रदर्शन गरेका हुन् ।
वीरगन्जको घण्टाघर चोकबाट शुरु भएको मोटरसाइकल जुलुश ,माइस्थान , आदर्शनगर , अलखीया मठ , घडीअर्वा , पावरहाउस चोेक , प्रतिमा चोक , बाइपास , नयाँ बसपार्क हुदै पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएकोे थियो ।

अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साहको अध्यक्षतामा भएको कोणसभामा बोल्ने अगुवा अभिावकहरुले नीजी विधालयहरुको शुल्क वृद्धि फिर्ता र मनोमामनी नरोकिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

संघर्ष समितिले यसअघि वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा आफना माग सहितको ज्ञापनपत्र दिइसकेको र यहि विषयमा बुधबार महानगरपालिकामा वार्ता हुने भएकाले माग सम्बोधनका लागि दबाब दिन मङगलबार मोटरसाइकल रयाली निकालिएको संयोजक साहले बताए ।

नीजी विधालयहरुले मनोमाननी ढंगले शुल्क वृद्धि गरेपछि संगठीत भएका अभिभावकहरुले गठन गरेको अभिभावक संघर्ष समितिले यसअघि असार १८ गते शान्तिपूर्ण रयाली प्रदर्शन गरेको थियो । त्यसअघि सं.घर्ष समितिले पर्साका प्रमुख जिल्ला अधिकारी र वीरगन्ज महानगरपालिकाका मेयरलाइ १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

Related posts

विधालयमा पंखा नचल्दा गर्मीमा बालबालिकालाई सास्ती

MadhesKhabar

चिसाे बढेपछि बहुदरमाई नगरपालिकाका विद्यालयहरु चार दिनका लागि बन्द

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

Leave a Comment