
मधेशखबर
बैशाख २८ ,२०७९ बीरगंज
देशभर सरकारले मतदान केन्द्र कायम गरेका र अन्य विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् ।
सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको भएपनि शिक्षकहरू पनि मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको जनाईएको हो ।
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा बैशाख २८ बुधबार गतेदेखि ३० गतेसम्म ,तीन दिन बन्द गर्ने निर्णय गरेको हो । तर सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय पनि गरेको थियो ।
वैशाख ३१ गते शनिबार परेको छ र १ गते आइतबार भने २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएका छन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय गरी करिब ३५ हजार विद्यालय छन् ।