Madhes Khabar
शिक्षा

देशभरका विधालयहरु ६ दिनका लागि बन्द

मधेशखबर
बैशाख २८ ,२०७९ बीरगंज
देशभर सरकारले मतदान केन्द्र कायम गरेका र अन्य विद्यालय बुधबारदेखि ६ दिन बन्द हुने भएका छन् ।

सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको भएपनि शिक्षकहरू पनि मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले बुधबारबाट बिदा भएको जनाईएको हो ।

सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा बैशाख २८ बुधबार गतेदेखि ३० गतेसम्म ,तीन दिन बन्द गर्ने निर्णय गरेको हो । तर सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय पनि गरेको थियो ।

वैशाख ३१ गते शनिबार परेको छ र १ गते आइतबार भने २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ । त्यसकारण देशभरका सरकारी विद्यालय ६ दिन बिदा हुने भएका छन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय गरी करिब ३५ हजार विद्यालय छन् ।

Related posts

झौवागुठीको विद्यालयमा भवन बनाउन प्रदेशसभा सदस्य क्षेत्रीले दिए ९ लाख ९० हजार

MadhesKhabar

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जको कोनियामा नवनिर्मित विद्यालय भवनको मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment