Madhes Khabar
शिक्षा

गुजरातको पारुल युनभर्सिटीमा नेपालका विद्यार्थीलाई ५० प्रतिशत छुट

वीरगन्ज,३१जेष्ठःभारतको गुजरात प्रान्तको बडोदरामा रहेको पारुल युनभर्सिटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई ५० प्रतिशत छुट दिदैं आएको बताइएको छ ।

वीरगन्जमा बिहीबार नेसेन्ट एजुकेशन फाउण्डेशनमा आयोजित पत्रकार सम्मेलनमा पारुल युनिभर्सिटीका बजार प्रबन्धक नीरजकुमार साहले नेपाली विद्यार्थीलाई युनिभर्सिटीले ५० प्रतिशत शुल्क छुट दिने गरेको जानकारी गराए ।

आर्थिक रुपमा कमजोर रहेका परिवारका छोराछोरीहरु उच्च शिक्षा अध्यननबाट बञ्चित नोउन् भनेर नेपालसहित सार्क मुलुकका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा अध्ययनको व्यवस्था मिलाइएको साहले बताए ।

भाारतको उत्कृष्ट युनिभर्सिटीका रुपमा स्थापित पारुल युनभर्सिटीमा विभिन्न ७५ देशका गरी हाल ४७ हजार विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराए । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको मुख्य रोजाईमा पारुल युनभििर्सटी रहेको भन्दै उनले हरेक बर्ष नेपालका ५ सय भन्दा बढी नेपाली विद्यार्थीहरु भर्नाका लागि पुग्ने गरेको बताए ।

उनका अनुसार, झण्डै २५० एकड क्षेत्रफलमा रहेको पारुल युनिभर्सिटीमा इन्जिनियरीङ, मेडिकल ,व्यवस्थापन , विज्ञान,फेसन डिजाइनिङ,आइटी लगायतका विभिन्न संकायका गरी २५० भन्दा बढी कोर्सहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

पारुल युनिभर्सिटीमा सुविधासम्पन्न छात्रावासका साथै आफनै मल्टिस्पेसिलिटी अअस्पताल रहेको भन्दै युनिभर्सिटीका सहायक बजार प्रबन्धक विश्वराज प्रसादले त्यहाँ भर्ना भइ अध्ययनरत विदार्थीहरुले आफनै गाँउघरको जस्तो अनूभूती गर्न पाउने बताए । हाल युनिभर्सिटीमा ३ हजार नेपली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारीपनि उनले गराए ।

पत्रकार सम्मेलनमा वीरगन्ज लिंकरोडकोे नेसेन्ट एजुकेशन फाउण्डेसनका सञ्चालक रन्जित पण्डितले आफनो कार्यालयमा परामर्शका लागि आउने विद्यार्थीहरुको पहिलो रोजाई पारुल युनिभर्सिटी नै हुने गरेको दाबी गरे । उनले हालसम्म नेपालबाट सयौं विद्यार्थीहरु पारुल युनिभर्सिटीमा भर्ना भई अध्ययन गरेर उदाहरणीय सफलता हासिल गरिसकेको बताए । पारुल युनिभर्सिटीमा सन् २०२४÷२५ को शैक्षिकसत्रका लागि भर्ना हुन चाहने नेपााली विद्यार्थीले वीरगन्जको लिंकरोडस्थित नेसेन्ट एजुकेशन फाउण्डेसनमा सम्पर्क गरेर परामर्श लिन सक्नेपनि उनले बताए ।

Related posts

पार्टीको सदस्यता लिएका शिक्षकहरुलाई कारबाहीको प्रकृया सुरु

MadhesKhabar

एसईईमा पर्सा जिल्लामा ६७ प्रतिशत बढी विद्यार्थी फेल

MadhesKhabar

बडेर्वाको विद्यालयमा विद्यार्थीहरु पुरस्कृत, शिक्षक र अभिभावकहरु सम्मानित

MadhesKhabar

Leave a Comment