वीरगन्ज,२७भदाैं:मधेसका सामुदायिक विद्यालयमा विद्यार्थी संख्याकाे अनुपातमा शिक्षककाे व्यवस्थापन गर्न माग गर्दै आम जनता पार्टी (आजपा) ले घाेषणा गरेकाे आन्दोलनलाई सफल पार्न आम विद्यार्थी माेर्चाले विद्यालयहरुमा संघर्ष समिति गठन गर्न सुरु गरेकाे छ।
यसैक्रममा बिहीबार वीरगन्जका ३ वटा सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीकै नेतृत्वमा संघर्ष समिति गठन गरिएको आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए।उनका अनुसार, वीरगन्जकाे त्रिजुद्ध माविमा श्रीकान्त कुशवाहा संयाेजक ,अक्षय गुप्ता सहसंयाेजक र सिम्रन पटेल सचिव रहने गरि ७१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ।
यस्तै त्रिभुवन हनुमान माविमा सुजन चाैधरीकाे संयाेजकत्वमा ४१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ।समितिकाे सचिवमा अञ्जली चाैरसिया रहेकी छन्।षसैगरी माईस्थान विद्दापिठ माविमा युवराज यादव संयाेजक र मुस्कान सर्राफ सचिव रहने गरि ५१ सदस्यीय समिति गठन गरिएको कुशवाहाले जानकारी दिए।
वीरगन्जमा भदाै २३ गते बसेकाे बसेकाे आजपाकाे मधेस प्रदेश कमिटीको बैठकले मधेस प्रदेशमा गुणस्तरीय शिक्षाको मागलाई अघि सार्दै विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको दरबन्दी सुनिश्चित गर्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको थियाे ।

