Madhes Khabar
शिक्षा

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं,१७बैशाखःकक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा पोखरामा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र त्यही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला छन् ।

उनीहरूले आइतबार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोप छ ।

उनीहरूबाट प्रहरीले ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइलपनि बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।साभारःअनलाइनखबरबाट

Related posts

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

पटेर्वासुगौलीमा विधार्थी भर्ना अभियान शुरु

MadhesKhabar

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विधालयहरु साउन २० गते सम्म बन्द

MadhesKhabar

Leave a Comment