Madhes Khabar
शिक्षा

कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं,१७बैशाखःकक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा पोखरामा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र त्यही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला छन् ।

उनीहरूले आइतबार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोप छ ।

उनीहरूबाट प्रहरीले ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइलपनि बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।साभारःअनलाइनखबरबाट

Related posts

परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा केन्द्र सार्वजनिक

MadhesKhabar

एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी

MadhesKhabar

समाजको विकासका लागि शिक्षा र प्रविधिमा लगानी गर्नुपर्छ : खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment